घरबाट औषधी खरिद गर्ने सुविधा विराटनगरमा

घरमै बसेर औषधी खरिद गर्न सकिने सुविधा विराटनगरमा सुरु भएको छ । विराटनगरका युवाहरुले संचालनमा ल्याएको ‘उपचार’ एपको मार्फतबाट यस्तो सुविधा लिन सकिने भएको हो ।
उक्त मोबाइल एपको मार्फतबाट आफुलाई आवश्यक परेको औषधी खरिद गर्नका लागि अर्डर गर्न सकिन्छ । प्राप्त अर्डरका आधारमा कम्पनीले तोकिएको स्थान वा घर सम्मै सामान डेलिभरी गर्ने सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
उक्त एपबाट सामान मगाउँदा अन्य समयमा एक सय रुपैयाँ डेलिभरी शुल्क लिइने भएपनि वर्तमान लकडाउनको समयमा नि:शुल्क डेलिभरी गरिने बताइएको छ । कम्पनीको अनुसार हालका लागि यो सुविधा विहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म उपलब्ध छ । यस कम्पनीको सि.ई.ओ. मा अनुप रायमाझी र मेनेजिङ्क डाइरेक्टरमा विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी आशिष यादव रहेका छन् । कम्पनीको लागि मोबाइल एप इनफिनिया हब नेपालले डिजाइन र निर्माण गरेको हो । उक्त एप आफ्नो एन्ड्रोइड मोबाइलमा प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

COVID-19 Work from Home

In view of Global Pandemic because of Novel Coronavirus, a.k.a, COVID-19, Infinia Hub Work Space shall remain off till further notice. However the development work shall happen from the respective home space.

Contract Signing with Creative Hands Boutique

Contract Signing on ‘Digital Marketing’ between Ms. Shilpa, CEO, Creative Hands and Ms.Asmita, BDE, Infinia Hub. A Milestone and Remarkable Beginning whereby Infinia Hub is committed in delivering Sustainable Value to Creative Hands with Innovative Marketing Strategy Solutions in the Social Media Platform